८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

छाडा पशुचौपाया नियन्त्रणको माग गर्दै तौलिहवाका विद्यार्थी आन्दोलित



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा छाडा पशुचौपायाले हैरान बनाएर पछि विद्यार्थीले दबाब बढाएका छन् । जिल्ला सदरमुकाम तौलिहवामा प्रदर्शन गर्दै विद्यार्थीले नियन्त्रणका लागि दबाब बढाएका हुन् ।

कपिलवस्तु बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले छाडा चौपाया नियन्त्रणमा कसैले ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडी विरोध स्वरुप व्यानर र प्ले कार्ड बोकेर नाराबाजी गरेका छन् ।

छाडा चौपाया नियन्त्रण गर्न नसक्दा किसानले लगाएको बालीनाली सखाप हुँदै आएको छ । जिल्लाभर हुलका हुल छाडा चौपाया देखिन्छन् । यी चौपाया व्यवस्थापनको समस्या केही बर्ष देखि देखिए पनि कसैले यसमा चासो नदिएको विद्यार्थीको गुनासो छ ।

विभिन्न सरोकारवाला निकायबाट छाडा चौपाया व्यवस्थापनका लागि पहल भएपनि सरकारी संयन्त्रले सुनेको छैन् । केही गरी आवाज सुनुवाई नभए पछि विद्यार्थी नै यसको विरोधमा उत्रेका हुन् ।

दशैं-तिहारको समयमा जिल्लाका सबै जसो स्थानीय पालिका छाडा चौपाया व्यवस्थापन गर्न तत्पर देखिएका थिए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बैठकले नै आह्वान गरी यसको नियन्त्रणका लागि प्रयास थालेको थियो ।

धानबाली भित्त्राएर हिउँदेबाली लगाउँदा समेत जिल्लाका स्थानीय तहले छाडा चौपाया नियन्त्रण गर्न सकेका छैनन् । सिंचाईको असुविधा, समयमा बल र बीउँ नपाउँने समस्याका बीच जसोतसो गरी खेती लगाए पनि किसानले छाडा चौपायाको हैरानी खेपिरहेका हुन् ।

प्रकाशित मिति : १३ पुस २०७९ बुधबार ००:००  २ : ३० बजे