४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सरकारसँग वार्तासँगै उद्योगीको आन्दोलन स्थगित



काठमाडौं ।

उद्योगी व्यवसायीको जारी आन्दोलन स्थगित भएको छ । ब्याजदार वृद्धिको विरोधमा देशभरका उद्योगी आन्दोलनमा थिए । आज अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि व्यवसायीले आन्दोलन स्थगित गरेका हुन् ।

उद्योगीले गरिरहेको आन्दोलन स्थगित भएको उद्योग वाणिज्य महासङ्घकी निवर्तमान अध्यक्ष भवाणी राणाले जानकारी दिइन् । छलफलमा देशभरका उद्योगी व्यसायी सहभागी थिए ।

यस्तै बैठकमा गभर्नर र अर्थ मन्त्रालयका सचिवहरूको समेत सहभागिता थियो । छलफलमा अर्थमन्त्री पौडेलले उद्योगीको माग सम्बोधन गर्न केही दिनको समय मागेका थिए । त्यसक्रममा आफूले सम्पूर्ण माग सम्बोधन गर्ने भनेसँगै आन्दोलन स्थगित गरेको उद्योगी बताउँछन्।

प्रकाशित मिति : १३ पुस २०७९ बुधबार ००:००  २ : ५२ बजे