५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु ट्राफिकद्धारा १० हजार बढी सवारी चालक, बिद्यार्थी र बटुवालाई प्रशिक्षण



मायादेवी अनलाइन, बुद्धभूमि ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आथिक वर्षमा १० बढीलाई प्रशिक्षण गराएको छ । सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना गराउने उद्धेश्यले सञ्चालित अभियानमा सर्वसाधारण बटुवा, स्कुल तथा क्याम्पसका अध्ययरत विद्यार्थी र सवारी साधनका कर्मचारी रहेको कार्यालय प्रमुख योगेन्द्र तिमिल्सीनाले बताए ।

सडकको अवस्था साँघुरे भएको कारणले पैदल यात्रु दुर्घटना जोखिम बढ्दै गएकोले यस पटक बटुवालाई समेत प्राथमिकता दिएको बताइएको छ ।

मुख्य व्यापारिक क्षेत्र तथा हाट बजारमा आउँजाउँ गर्न बाटोमा हिँड्दै गरेका ३ हजार ५ सय बढी बटुवालाई सचेतना दिइएको छ ।

उनीहरुलाई राजमार्गमा हिँड्दा अपनाउनु पर्ने सावधानीको विषयमा समेत गराएको थियो । सडक पेटी नभएको अवस्थामा दायाँ हातको छेउ समाएर हिँड्नु पर्ने भए पनि ९० प्रतिशत बढी बायाँ छेउबाट हिँड्ने गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक युवराज बर्सौलाले बताए ।

यसै गरी ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा ५६ विद्यालयका ४ हजार २३० विद्यार्थी, २ हजार १० जना सवारी चालक तथा परिचालकलाई प्रशिक्षण दिएको छ ।

पछिल्लो ५ महिनामा जिल्लामा भएको ४४ सवारी दुर्घटनामा २८ जनाको मृत्यु र ६३ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १३ पुस २०७९ बुधबार ००:००  ७ : २७ बजे