४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

तालिबान सरकारले महिलालाई शिक्षाबाट वञ्चित गरेकोमा संयुक्त राष्ट्रसङ्घको ध्यानाकर्षण



एजेन्सी ।

अफगानिस्तानको तालिबान सरकारलाई उच्च शिक्षाबाट किशोरी तथा महिलालाई वञ्चित नगर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आग्रह गरेको छ ।

तालिबान सरकारले केही दिन अघि महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले तालिबान सरकारको निर्णय तत्काल सच्च्याउनुपर्ने र महिलाले अधिकार नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएको छ ।

सुरक्षा परिषद्को पछिल्लो विज्ञप्तिमा किशोरी तथा महिलाका लागि बन्द गरिएका भनिएका सबै विद्यालय तथा विश्वविद्यालय खोल्न आग्रह गरिएको छ । दुई वर्षअघि अफगानिस्तानमा सत्ता सम्हालेको तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको छ । उनीहरुलाई सार्वजनिक स्थल र अरु काममा समेत प्रतिबन्ध छ ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  ८ : २५ बजे