१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागुहुने



चन्द्रौटा, मायादेवी अनलाइन ।

शिवराज नगरपालिकाको ७ औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि पारित गरेको छ । कपिलवस्तुमा रहेको १० वटा पालिका मध्ये जनता संग प्रत्यक्ष सरोकारको विषयमा विभिन्न निर्णय गर्दे आएको शिवराज नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि पारित गरि लागु गरिएको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जानकारी दिए । कार्यविधिले नगर भित्र रहेका जनशक्तिहरुको वर्गिकरण गरि कार्यदक्षताको आधारमा रोजगार दिने र यस वाट शिवराजका युवाहरुलाई आफनो नगर भित्र स्वरोजगार बनाउने अध्यक्ष थापाले बताए ।

शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफना उद्योगमा शिवराज नगरपालिका भित्र रहेका ५० प्रतिशत युवाहरुलाई रोजगार दिनु पर्ने कार्यविधि पारित गरिएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

जिल्लाका अन्य पालिका भन्दा शिवराजमा नगरपालिकामा साना ठुला गरि ३० भन्दा बढी उद्योग संचालनमा रहेको उद्योग वाणिज्य संग चन्द्रौटाका वरिष्ट उपाध्यक्ष इश्वरी पाण्डेले बताए । शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफुलाई चाहिएका जनशक्ति अन्य मूलुकवाट ल्याउनु गर्ने बाध्यता रहेको र नेपालमा रहेका जनशक्ति अन्य मूलुकमा श्रम रोजगारमा जाने बाध्यताको अन्तय हुने विश्वास नेकपा एमालेका नेता तथा नगर सचिव शरद अधिकारीले बताए ।

प्रकाशित मिति : १४ पुस २०७९ बिहिबार ००:००  ९ : ०८ बजे