२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज



कैलाली ।

सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण आज शुक्रबार रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् ।

त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन् । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार शपथ ग्रहणका लागि तयारी पूरा भइसकेको छ ।

नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन् । अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।

प्रकाशित मिति : १५ पुस २०७९ शुक्रबार ००:००  ८ : १६ बजे