१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

रोनाल्डो साउदी अरेबियाको अल नसरमा अनुबन्ध



काठमाण्डौ ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् ।

अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।

नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेपछि क्लबविहीन थिए ।

पाँच पटकको बालेन डीओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका थिए । उनले युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ८ : १६ बजे