१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल टी–२० क्रिकेट लिगः लुम्बिनी र पोखरा तथा जनकपुर र विराटनगर खेल्दै



काठमाण्डौ ।

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्स बिहान ९ बजे खेल्दैछन् ।

पाँच खेलमा अपराजित लुम्बिनी १० अङ्कका साथ अङ्कतालिकाको शीर्ष स्थानमा छ । ६ वटा खेल खेलेर एउटा मात्र जितेको पोखरा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स दिउँसो १ बजे खेल्दैछन् ।

चार खेलमा ३ खेल जितेको जनकपुर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा २ वटा जितेको विराटनगर ४ अङ्कका साथ चौथो स्थानमा छ । नेपाल टी–२० लिगका खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् । प्रतियोगितामा काठमाण्डौ, पोखरा, फार वेस्ट, जनकपुर, विराटनगर र लुम्बिनी गरी ६ टोली सहभागी छन् ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ८ : ३९ बजे