१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण



मायादेवी अनलाइन, चन्द्रौटा ।
७ औं चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि आक्रमणको प्रयास भएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्र चन्द्रौटामा आयोजना भइरहेको महोत्सवमा थापा माथि आक्रमण भएको हो ।

महोत्सवमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनी माथि एकाएक ढुङ्गा प्रहार भएको जनाइएको छ । उनी माथि आक्रमण भए पछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

नायक पल शाहसंग जोडेर उनीमाथि आक्रमण भएको हुन सक्ने आशंका छ । शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभचिन्तकको आरोप छ ।

नायक शाह हाल नाबालिका बलात्कारको आरोपमा हिरासतमा छन् ।

शनिवारको दिन दर्शकहरु भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको हो पत्ता लाग्न सकेको छैन् । यद्यपि वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म संचालन हुने छ ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ७ : ४० बजे