७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बैङ्कको ब्याज आतंकविरुद्ध चारनम्बरका व्यवसायी



मायादेवी अनलाइन, बाणगंगा ।
बैङ्कहरुको चर्को ब्यादर घटाउन माग गर्दै कपिलवस्तुका ब्यवसायीले आइतबार (भोलि) प्रदर्शन गर्ने भएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्वमा ब्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर चार नम्बर चोकमा विहान साढे ११ बजे प्रदर्शन गर्न लागेका हुन् ।

बैङ्कहरुको ब्याज आतंकले ब्यवसायीहरु पलायन हुने स्थितिमा पुगेको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैङ्कलाई दबाब सिर्जना गर्नको लागि व्यवसायीहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको संघका महासचिव मनोज पौडेलले बताउनुभयो ।

उहाँले भोलिको कार्यक्रममा ब्यवसायी मात्र नभएर बैङ्कका चर्को ब्याजदरको मारमा परेका सबैलाई सहभागि हुन आग्रह गरे । केहीछिन हातमा कालो पट्टी बाँध्ने र त्ययसपछि आफ्ना कुराहरु राख्ने छोटो कार्यक्रम भएको महासचिव पौडेलले बताए ।

संघका अध्यक्ष डोलकराम घिमिरेले ब्यवसायीका यी मागहरु सम्बोधन गर्नतर्फ राज्यले ध्यान नदिए ठूलो दुर्घटना हुनसक्ने बताए । बैङ्कहरुको ब्याजदर आतंकका कारण कोरोनापछि उठ्न लागेका ब्यवसायी पनि झन् मारमा परेको घिमिरेले बताए । भोलिको कार्यक्रम ब्यवसायीको मात्र नभएर आर्थिक मारमा परेका सबैको भएको उनले बताए ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  ७ : ५२ बजे