३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

गरिवी र पछौटेपन अन्त्यका लागि सहकारीको पुँजी महत्वपुर्ण : सांसद पन्थी



वाणगंगा, मायादेवी अनलाइन ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले गरिबी र पछौटेपन अन्त्यका लागी सहकारीको पूँजी महत्वपूर्ण हुने बताएका छन् । अब सहकारीले आफनो पूँजी सदस्यहरुलाई लगानी गरेर व्यवसायीक बनाउँनु पर्नेमा जोड दिएका हुन् । हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा ५ कोपवा कपिलवस्तुको १५औं वार्षिक साधरण सभाको उद्घाटन गर्दै सांसद पन्थीले उद्यमबाट रोजगारी सिर्जना गरेर आत्मनिर्भर जोड दिनुपर्ने बताए । उनले सहकारीहरुले ऋण र बचतको काम गरेर मात्र नपुग्ने भएकाले उत्पादनमुलक कार्य गरेर पूँजि संकलन गर्न आवश्यक रहेको बताए । मुलुक रेमिट्यान्सबाट चलेकोले भविष्यमा आर्थिक समस्या आउन सक्ने संकेत गर्दै स्वदेशमै स्वरोजगार, उद्यम र उत्पादनलाई जोड दिनुपर्ने बताएका हुन् ।

उनले हाम्रो भान्सामा पाक्ने सबै थोक किनेर खाँदा अन्य देशमा रकम बाहिरिने भएकाले कम्तीमा तरकारी र पशुपालनमा मात्र आत्मनिर्भर हुन सकियो भने धेरैं पूँजी संकलन गर्न सकिने र उक्त पुंजीलाई विकास निर्माणको काममा लगाउन सकिने बताए । अब हामी सबै बदलिन जरुरी छ, संसद पन्थीले भने : सर्बसाधारण देखि जनप्रतिनिधि सबैले आफ्नो ठाउँ आम्दानी गर्न सकिने धेरै सम्भावना छन् , मेहनत गरौ अनि मुलुकलाई समृद्धि बनाऊ ।

त्यस्तै सांसद पन्थीले आउँने बर्ष जहदी बुङ्गची सडक खण्ड डबल लेन बनाउन बजेट बिनियोजन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

त्यस्तै सोही कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व सदस्य तारावती चौधरी, नेपाल किसान टयाक्टर समितिका अध्यक्ष अब्दुल सत्तार खाँ, समाजसेवी बिष्णु बेलबासे, बाणगंगा नगरपालिका उपप्रमुख रिता चौधरी लगाएतले सहकारीको लगानीलाई सदुपयोग गर्न सके स्वरोजगार बन्न सकिने बताए । उनीहरुले संस्थाको उन्नति, प्रगति सहित सफलताको शुभकामना दिएका थिए ।

संस्थाका अध्यक्ष बाबुराम अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने संस्था का कोषाध्यक्ष लक्ष्मण भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १६ सय ३४ जना शेयर सदस्य रहेकोमा ७ सय १० जना महिला, ९ सय २३ पुरूष रहेको जानकारी दिए ।

यस्तै संस्थाको खुद आम्दानी ८१ लाख ५६ हजार ४ सय २८ रूपिया भएको उल्लेख छ । संस्थाका सचिव कमलप्रसाद खनालले कुल बचत रकम रू १६ करोड ८७ लाख ९९ हजार १ सय ८८ र गत बर्ष भन्दा १४ लाख २५ हजार ३ सय २७ रुपैया बृद्वि भएको बताए । भुसालले ९१ करोड ५२ लाख ७ हजार ५ सय ४४ रूपिया बराबरको आयब्याय सार्वजनिक गरेका छन् ।

यसै बिच संस्थाले ८० बर्ष माथिका ८ जना बृद्व बृद्वालाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेको छ भने असल बाल बचतकर्ता, असल जोडी बचतकर्ता र असल ऋणीहरूलाई पनि सम्मान गरेको छ ।

वडा न. ५ र ६ का जनप्रतिनिधि, विभिन्न शैक्षिक, सामाजिक संघसंस्थाका पदाधिकारी, पत्रकार, आयोजित संस्थाका पुर्व पदाधिकारी, स्थानिय समाजसेवी, तथा शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम बाबुराम अर्यालको अध्यक्षता, उपाध्यक्ष भरतराज न्यौपानेको स्वागत मन्त्व्य र कमलप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९ शनिबार ००:००  १० : ०० बजे