६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

बाणगंगा मौरीपालक सहकारीको १५ औँ साधारण सभा सम्पन्न



मायादेवी अनलाइन, बाणगंगा ।
बाणगंगा मौरीपालन तथा मह उत्पादक सहकारी संस्थाको १५ औँ साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष लिलापति घिमिरेको अध्यक्षता र ज्येष्ठ शेयर सदस्य नित्यानन्द ज्ञवालीको उद्घाटनमा बुधबार सम्पन्न साधारण सभामा अध्यक्षको बार्षिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आय–ब्यय प्रतिवेदन सर्वसम्म पारित भएका छन् ।

सहकारीका अध्यक्ष घिमिरेले आजसम्म सहकारीले गरेका गतिविधि, ऋण लगानी, आर्थिक अवस्था लगायतका बारेमा जानकारी गराएका थिए ।

शेयर सदस्यले सहकारीको प्रगतिको बारेमा आफ्ना धारणा र सुझाव दिएका थिए ।

प्रकाशित मिति : २१ पुस २०७९ बिहिबार ००:००  ६ : ०६ बजे