७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

ग्यालेक्सी सहकारीको सेवा शुभारम्भ, कपिलवस्तुसहित तीन जिल्लामा सेवा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा एक बहुउद्देश्यीय सहकारी संस्थाको स्थापनासहित उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा प्रधान कार्यालय स्थापना गरी सेवा सुरु गरिएको हो ।

नगरभित्रका नागरिकहरुलाई आर्थिक कारोवारमा सक्रिय बनाइ सहकारीको माध्यमबाट जिविकोपार्जनमा समेत लाग्न प्रोत्साहित गर्ने गरी बाणगंगाको बैरीयामा बहुउद्देश्यीय सहकारीको स्थापना गरी बुधबार देखि सेवा प्रवाह सुरु गरिएको सहकारीका चियर मेन ललित कुमार बेल्वासेले जानकारी दिनुभयो ।

२०७९ श्रावण ९ गते लुम्बिनी प्रदेश सहकारी संघमा दर्ता भई संचालनमा रहेको ग्यालेक्सी बहुउद्देश्यीय सहकारीको हाल प्रदेशका तीन जिल्लामा सेवा क्षेत्र विस्तार भएको छ ।

रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लामा सेवा क्षेत्र रहेको यो सहकारीमा कपिलवस्तुका लागि सुरुवाती चरणमा ७५ जना सदस्य रहेका छन् । कुल ७५ लाख पुँजीबाट बैरीयामा सहकारी संचालन गरिएको हो ।

प्रकाशित मिति : ५ माघ २०७९ बिहिबार ००:००  ६ : ४४ बजे