१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिद्धार्थ सामाजिक विकास केन्द्रको २७ औ वार्षिकोत्सव मनाइयो



बाबुराम रायमाझी, कपिलवस्तु ।
वातावरण शान्ति र सामाजिक बिकासका लागि रोग, भोक, अशिक्षाका विरुद्ध अघि बढौं भन्ने मूल नाराका साथ सिद्धार्थ सामाजिक बिकास केन्द्रको २७औं बार्षिकोत्सव संस्थाको आफ्नै सभा हलमा सम्पन्न गरेको छ ।

सो सभामा संस्थाका सचिव हरिलाल शर्माले संस्थाले गरेका प्रगती एवम् संस्थाको परिचय प्रस्तुत गरेका थिए । बार्षिक उत्सवको अवसरमा हालै सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभामा कपिलवस्तु क्षेत्र न. १ बाट निर्वाचित सांसद बलाराम अधिकारी र विष्णु पन्थीलाई संस्थाका अध्यक्ष सूर्य कुमारी शाहीले दोसल्ला तथा प्रमाणपत्रबाट सम्मानित गर्नुभएको थियो ।

साथै संस्थाले संस्थामा उत्कृष्ट कर्मचारी, सामाजिक परिचालक, विद्यालयमा अध्ययनरत अपांग विधार्थी, संस्थाका पूर्व अध्यक्ष पोम नारायण पौडेल, प्राध्यापक गोविन्द खनाल लगायतलाई सम्मानित गरेको थियो । संस्थाले कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको बालगृहमा रहेका अनाथ वालबालिकाको सहयोगार्थ १० हजार रकम प्रदान गरेको छ । भने बाल मावि वैरिया विद्यालयको लागि ४ वटा डस्टविन प्रदान गरेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थीले गैर सरकारी संस्थाले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएकाले समाजमा रहेका बिभिन्न किसिमका कुरिती, अन्धविश्वास, गरिबी पछौटेपन न्युनिकरणमा काम गरेकोमा प्रशंसा गर्नुभएको थियो । त्यस्तै संघीय सांसद एवम कार्यक्रमका प्रमुख अतिथी बलाराम अधिकारीले २०५२ सालमा स्थापित सिद्धार्थ सामाजिक विकास केन्द्रको २७औं बार्षिकोत्सवमा संस्थाले जोखिमको बेलामा पनि भावनात्मक एकता कायम गरी सामाजिक स्पान्तरणमा महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद एवम् प्रशंसा व्यक्त गरेका थिए ।

कार्यक्रममा चतुर्भज पाण्डे, प्रकाश घिमिरे, संस्थाका पूर्वर्व अध्यक्ष पोम नारायण पौडेल लगाएतले संस्थाको २७औ बार्षिकोत्सवको सफलताको शुभकामना दिएका थिए । कार्यक्र्रम संस्थाका अध्यक्ष सूर्य कुमारी शाहीको अध्यक्षता उपाध्यक्ष त्रिलोचन घिमिरेको स्वागत सचिव हरीलाल शर्माको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७९ बिहिबार ००:००  ३ : ३८ बजे