१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तु जेसिजमा पदस्थापना



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जेसिजमा २३ औं पदस्थापना भएको छ । अंग्रेजी क्यालेण्डर अनुसार हरेक नयाँ बर्षमा जेसिजको जिम्मेवारी एकले अर्कालाई हस्तान्तरण गर्ने गरिन्छ ।

सोही अनुरुप कपिलवस्तु जेसिजमा बर्ष २०२३ मा निर्वाचित कार्य समितिलाई बर्ष २०२२ का निर्वाचित कार्य समितिलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी पदस्थापना गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको पदस्थापना कार्यक्रममा जेसिज बर्ष २०२२ का अध्यक्ष गुरुदेव पौडेलले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष अमृत घिमिरेलाई पद हस्तान्तरण गरेका हुन् ।

घिमिरे हालै कपिलवस्तु जेसिजमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए । जेसिजमा १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवा आवद्ध हुन्छन् । सन २००० मा स्थापना भएको कपिलवस्तु जेसिज बाणगंगा क्षेत्रमा क्रियाशिल छ ।

पदस्थापना कार्यक्रममा बोल्दै कांग्रेस सह-महामन्त्री पाण्डेले विधिको शासनमा जेसिजको मूल्य मान्यता अब्बल रहेको भन्दै हरेक क्षेत्रमा यसको फ्लो गर्नुपर्नेमा जोड दिए । वर्तमान राजनीति मूल्य, मान्यता र आर्दशबाट च्यूत हुँदै गएको भन्दै जेसिजमा आवद्ध युवाहरुलाई सत्यमा आधारित भएर निरन्तर अगाडी बढ्न आग्रह गरे ।

प्रकाशित मिति : १५ माघ २०७९ आइतबार ००:००  ८ : १६ बजे