१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

परम्परागत खेतीको साटो माछा पालनमा किसान आकर्षित



बर्दिया ।
बढैयाताल गाउँपालिका–५ का किसान दोब्बर आम्दानी हुन थालेपछि अहिले माछा पालनतार्फ आकर्षित हुन थालेका छन् ।

थोरै लगानी, कम मिहिनेत र छोटो समयमा धेरै आम्दानी हुने भएपछि उनीहरू परम्परागत खेती छोड्दै व्यावसायिक माछा पालनतर्फ आकर्षित भएका हुन् । सिंगो बढैयाताल गाउँपालिका अहिले माछा पालनको हव बन्दै छ ।

तत्कालीन कृषि विकास कार्यालय बर्दियाले आर्थिक वर्ष २०६४/०६५ देखि अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम लागू गरेपछि यहाँ व्यावसायिक रूपमा माछा पालन गर्ने कृषकको संख्या बढ्दै गएको हो । कार्यक्रमबाट १ हेक्टर पोखरी खन्न १ लाख रुपैयाँ अनुदानको व्यवस्था भएपछि आकर्षण बढेको थियो ।

अहिले गाउँपालिकामा २ सय ५० हेक्टर जमिनमा माछा पालन भइरहेको छ । त्यसमध्ये फर्म नै दर्ता गरेर १ सय ७१ हेक्टर क्षेत्रफलमा माछा पालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी बढैयाताल–५ मा माछा पालन भइरहेको परियोजना इकाइ कार्यालयका मत्स्य प्राविधिक सहायक मानबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९ शनिबार ००:००  ६ : ३२ बजे