४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

ओलीले भनेः दाहालले चक्कु दिएर फूल हो भनि मलाई छक्याउनुभयो



काठमाडौँ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको बताएका छन् । राजधानीमा आयोजित सहिद तथा घाइतेहरुका परिवारलाई सम्मान गर्न आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

दाहाललाई लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘उहाँ ढाँट्न, छक्याउन, धोका दिन अफ्ठ्यारो मान्नु हुन्न, जनता र सहयोद्धाहरुलाई धोका दिनुभयो । आफूलाई त्यस ठाउँमा पुर्‍याउने सिपाही र जीवन दिने सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठूला कुरा भयो र !’

ओलीले दाहाललाई पहिलेदेखि नै राम्रोसँग चिनेको उल्लेख गर्दै सहमति तोडिनसक्ने आकलन गरेको बताएका थिए ।

‘हातमा चक्कु लिएर बस्नु भएको थियो मलाई फूल लिएको भनेर भन्नुभयो । उहाँले नै मैले फूल लिएको हो, हातमा तपाईंलाई चक्कु भनेर भ्रम नहोस् भन्नुभयो । तपाईंले भनेपछि चक्कु होइन फूल नै हो भनेर म बसेँ तर मेरो आँखाले धोका खाएको थिएन,’ ओलीले भने, ‘पुष्पकमल दाहालजीको बेग्लै छ, उहाँ एउटा बोल्नु हुन्छ, बेग्लै काम र अर्कै काम गर्नुहुन्छ, हेर्नु देब्रेपट्टि हुन्छ निशाना दायाँपट्टि लगाउनु हुन्छ । अस्तिसम्म पनि छक्याउने भाषा बोल्नु हुन्थ्यो । मैले पुष्पकमल दाहाललाई नचिनेको होइन तर मैले उहाँको कुरा सुनिरहेँ । उहाँले मलाई छक्याइ रहनु भयो ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७९ आइतबार ००:००  ६ : ५९ बजे