७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अस्ट्रेलियाले फेरि जित्यो महिला टी-२० विश्व कप क्रिकेटको उपाधि



एजेन्सी ।
अस्ट्रेलियाले छैटौँ पटक महिला टी-२० विश्व कप क्रिकेटको उपाधि जितेको छ ।

केपटाउनमा गएराति भएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो । अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।

यस्तै, चलोइ ट्रायनले २५, मरिजानी कप्पाले ११ र ताजमिन ब्रिटिसले १० रन बनाइन् । अस्ट्रेलियाका लागि मेगन स्कुट, एश गार्डनर, डारसी ब्राउन र जेस जोनासेनले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि बेथ मुनीले ७४ रनको योगदान गरिन् । यस्तै, एश गार्डनर २९, अलेसा हिलीले १८ तथा ग्रेस ह्यारिस र मेग लनिङले १०र१० रन बनाए । दक्षिण अफ्रिकाका लागि मरिजानी काप र शवनिम स्मेलले समान २र२ विकेट लिए भने नोनकुलुलेको माल्बा र चलोइ ट्रयनले एकरएक विकेट लिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९ सोमबार ००:००  ७ : ०३ बजे