१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गठबन्धन बैठकः राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर बन्यो कार्यदल



काठमाडौं ।
८ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । गठबन्धनका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताउनका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कार्यदल बनाएको हो ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङसहित एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी सदस्य रहेका छन् ।
कार्यदलले पौडेलको पक्षमा बढी भन्दा बढी मत बटुल्न भूमिका खेल्ने छ ।

यसैबीच गठबन्धनमा आवद्ध सवै दलका मतदाता ९सांसद०लाई फागुन २३ भित्र काठमाडौ आउन निर्देशन पनि बैठकले दिएको छ । जनमत पार्टीका नेता अब्दुल खाँले २५ गतेको निर्वाचनलाई लक्षित गरेर २३ गते नै काठमाडौँ बोलाउने निर्णय भएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९ सोमबार ००:००  ७ : ०८ बजे