११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

भलवाडको खोजीपुर सामुदायिक वनमा थापा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको खोजीपुर सामुदायिक वनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको वनको अध्यक्षमा थापा निर्वाचित भएका हुन् ।

थापाले नरेन्द्र बेल्वासेलाई पराजित गरेका हुन् । थापाले २ सय १५ मत पाउँदा बेल्वासेले १ सय १९ मत पाएका थिए ।
वनका अरु पदाधिकारी र सदस्यम सर्वसम्मत रुपमा चयन भएपनि अध्यक्षमा चुनाव भएको हो ।

थापा बैज्ञानिक वन व्यवस्थापन समूहको लुम्बिनी प्रदेश अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९ शनिबार ००:००  ८ : ०८ बजे