१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

चन्द्रौटा बजारमा ट्राफिक व्यवस्थापनका लागि शिवराजले दियो सामग्री



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरी चन्द्रौटा बिटलाई रु ४७ हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।

नगर प्रमुख अजय थापाले चन्द्रौटा बजार क्षेत्रमा अस्तव्यस्त सवारी पार्किङ भएको भन्दै यसलाई पहल थालेका थिए ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सडक अतिक्रमणको पहल थालेको र बजारलाई थप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण गरिएको नगर प्रमुख थापाले बताए ।

चन्द्रौटा बजार क्षेत्रलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले गरेको प्रयास सराहनिया भएको उनले बताए ।

अब प्रत्येक विद्यालयका बालबालिकाहरुलाई ट्राफिक व्यवस्थापनका लागि नगरपालिका र ट्राफिक प्रहरीको सहयोगमा ट्राफिक सचेतना कार्यक्रम छिट्टै संचालन गरिने उनले बताए ।

पार्किड व्यवस्थित नहुँदा सवारी दुर्घटना बढेको छ भने चन्द्रौटा बजार कुरुप बन्दै गएको युवा व्यवसायी विष्णु हमालले बताए ।

ट्राफिक व्यवस्थापनमा सहजताको लागि ट्राफिकलाई सामग्री वितरण गर्ने काम स्वागतयोग्य भएको हमालले बताए ।

ट्राफिक प्रहरी नायव निरीक्षक राघब सिंह राठौरले नगरले उपलब्ध गराएको सामग्रीले यस क्षेत्रमा अव्यवस्थित सवारी साधनलाई ‘लक’ लगाई कारबाहीको दायरमा ल्याउने बताए । ट्राफिक व्यवस्थापनमा सहज हुने सामग्री कोनले बजार एरियामा गाडी पार्किड गर्न सहज हुने र पार्किड व्यवस्थापनमा सहज हुने उनले बताए ।

चन्द्रौटा बजार क्षेत्रलाई बिस्तारै व्यवस्थापन गर्दै सुन्दर बजार बनाउने गरी नयाँ सोचका साथ काम अगाडी बढाउने प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९ आइतबार ००:००  ८ : २५ बजे