७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जेसिजका ३ शाखाका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम



मायादेवी अनलाइन, वाणगंगा
कपिलवस्तु जिल्लामा रहेका जेसिजका ३ वटा शाखाका पदाधिकारीलाई तालिम संचालन गरिएको छ । जिल्लामा गठन भएका कपिलवस्तु जेसीज, शिवराज जेसीज र बुद्धभुमी जेसीजका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम संचालन गरिएको हो । नेपाल जेसिजको बहुशाखा पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमेश चन्द्र भुसाल, पूर्व राष्ट्रिय उपाध्यक्ष गुणानिधि भुसाल र राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेलले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले युवाहरुको क्षमता विकासका लागि तालिमलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । मेयर अर्यालले जेसिजले युवाहरुको नेतृत्व विकास संगसंगै सामाजिक क्षेत्रमा विशेष योगदान गरिरहेकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पूर्व अध्यक्ष रुक बहादुर भुसालले २३औं वर्षसम्म आइपुग्दा विगतदेखि र वर्तमान सम्मको जेसीजको गर्विलो इतिहासको बारेमा चर्चा गर्नुभयो ।

कपिलवस्तु जेसीज वर्ष २०२३ का अध्यक्ष अमृत घिमिरेले जेसिजलाई समाजमा पृथक पहिचान बनाउने गरी युवाहरुको नेतृत्व र व्यक्तित्व विकास अपरिहार्य भएको बताउनुभयो । अध्यक्ष घिमिरेले जिल्लामा रहेका जेसीजका शाखाहरूको एकैपटक क्षमता अभिवृद्धि गर्ने अवसर मिलेकोले सदस्यहरु उत्साहित भएको बताउनुभयो ।

कपिलवस्तु जेसीजका महासचिव मदन पौडेलको संचालन, उपाध्यक्ष तथा कार्यक्रम संयोजक रिता खरेलको स्वागतमा तालिम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९ आइतबार ००:००  १ : ४६ बजे