१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सर्‍यो



काठमाडौं।
सोमबार बोलाइएको राष्ट्रिय सभाको बैठक ९ दिन पर सरेको छ ।

संसद सचिवालयले फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सरेको जनाएको छ ।

संघीय संसद राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्‍यक्षज्‍यूले कार्यव्‍यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपरान्ह १ः१ बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७९ आइतबार ००:००  ६ : ५३ बजे