८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ऋणलाई सहि सदुपयोग गर्न बाणगंगाकी उपमेयर थारुको आग्रह



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी थारुले देशमा देखिएको आर्थिक समस्यालाई मध्यनजर गर्दै ऋणलाई सहि सदुपयोग गर्न आग्रह गरेकी छिन् ।

नगरको वडा नं. ४ स्थित श्री कर्मेश्वर कृषि सहकारी संस्थामा २६ गते देखि सुरुभएको एकहप्ते सहकारी शिक्षा तथा लेखा व्यवस्थापन तालिमको विहीबार समापन गर्दै उपमेयर थारुले सहकारीबाट लिएको ऋणलाई सदुपयोग गर्दै महिला दिदीबहिनीहरुलाई उद्यमी बन्न आग्रह समेत गरिन् ।

पालिकाले महिला शसक्तिकरणका लागि विभिन्न सिपमुलक तालिम समेत प्रदान गर्दै आएको बताउँदै सिकेको सीपलाई आयआर्जनमा रुपान्तरण गर्न सक्नुपर्नेमा उनले जोड दिइन् ।

यस्तै समापन कार्यक्रममा प्रशिक्षक डिभिजन सहकारी कपिलवस्तुका पूर्व अधिकृत राम नरेश पाण्डेय र माउण्ट एभरेष्ट सहकारीका व्यवस्थापक रविलाल भट्टराईले बोल्दै छोटो समयमा कर्मेश्वर कृषि सहकारीले उल्लेख्य रुपमा प्रगति गर्न सफल भएको भन्दै प्रसंशा गरे ।

कार्यक्रममा ऋण उपसमितिका संयोजक भिखु थारु, सहभागी तिल कुमारी सोमई र माया परियारले बोल्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो । तालिममा २६ वटा सामुदायिक संस्थाका ३५ जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९ शुक्रबार ००:००  ६ : २४ बजे