१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलवस्तु मदिरा व्यवसायी संघको अध्यक्षमा सिग्देल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु मदिरा व्यवसायी संघको अध्यक्षमा कुलचन्द्र सिग्देल चयन भएको छ । शुक्रबार जिल्लाको गोरुसिंगेमा सम्पन्न भएको आठौं साधारणसभा तथा पांचौ अधिवेशनबाट सिग्देल अध्यक्षमा चयन भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा गोविन्द पौडेल, प्रथम उपाध्यक्षमा रविन्द्र प्रसाद गुप्ता, द्धितिय उपाध्यक्षमा सुधिर कुमार गुप्ता, तृतिय उपाध्यक्षमा मधु सिग्देल, महासचिवमा रामप्रसाद न्यौपाने, कोषाध्यक्षमा लोकेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् ।

यस्तै सचिवमा खगेन्द्र पौडेल, सह-कोषाध्यक्ष बलराम घिमिरे, सदस्यहरुमा बिनोद जैसवाल मनोज बन्जाडे, ओम बाहादुर थापा, बिकास कुमार जैसवाल, जुना बिष्ट, कृष्ण प्रसाद घिमिरे, कृष्ण प्रसाद गैरे चयन भएको संघले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९ शनिबार ००:००  ६ : ४० बजे