१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तीन महिनामा २५ हजार विदेशी पर्यटक लुम्बिनी पुगे



काठमाडौं ।
लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो ।

सन् २०१९ सम्म करिव १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिना सम्ममा २५ हजार बढी विदशी पर्यटकको आगमन भएको बताए । उनका अनुसार २०२१ मा ११९७ जना विदेशी, ४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको थिए ।

२०२२ मा विदेशी पर्यटक २३ हजार ९४२, भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएका थिए । उनले २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक वाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको बताए ।

तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको छ । उनले १९९६ मा विश्व सम्पदामा राख्ने सूचीमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको बताए ।

तिलौराकोटको २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७९ मंगलबार ००:००  ६ : १० बजे