६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

हिन्दुहरुको महायज्ञमा मुस्लिम समुदायले गरे दान



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको तौलिहवाको सगरटोलमा सुरु हुन लागको महायज्ञमा मुस्लिम समुदायले समेत दान गरेका छन् ।

कपिलवस्तु नगरपालिका वडा नं. २ सागरटोलस्थित चन्द्रघन्टा दुर्गा मन्दिरको आयोजनामा चैत्र ८ गते देखि १६ गते सम्म श्रीमद् देवीभागवत नवाह महायज्ञको आयोजना हुँदैछ।

चन्द्रघन्टा दुर्गा मन्दिर समितिले आयोजना गरेको पत्रकार सम्मेलमा महायज्ञ आयोजना मुल समितिका संयोजक माधव प्रसाद शर्माले सो कुरा बताएका हुन्। उनले हिन्दु र मुस्लिम दुबै समुदायले महायज्ञका लागि दान गरेको बताए। उनले महायज्ञका लागि मुस्लिम समुदायले समेत स्वेच्छाले दान गरकोमा आफूहरु निकै उत्साही भएको बताए।

उनले महायज्ञका लागि आवश्यक सबै तयारी पुरा गरिएको बताए । ९ दिनसम्म आयोजना गरिने महायज्ञमा आचार्य विष्णु ज्ञवालीको मुखारविन्दबाट बाचन गरिने छ।

कार्यक्रम सम्पन्न गर्नका लागि करिब १५ लाख रुपैया आवश्यक पर्ने अनुमान गरिएको र हालसम्म १२ लाख रुपैया संकलन भई सकेको महायज्ञ मुल समितिका अर्थ संयोजक माधव घिमिरेले बताए।

चैत्र ८ गते विहान ८ बजे १ सय ८ कलशसहित यात्रा गरी दिउँसो ११ बजे महायज्ञको उद्घाटन गरिने छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको चन्द्रघन्टा दुर्गा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सुषमा शर्माले बताइन्।

कार्यक्रमको बारेमा आयोजक समितिका तर्फबाट समाजसेवी सुरेन्द्रराज लम्सालले उपस्थित पत्रकारहरुलाई महायज्ञ आयोजनाको विस्तृत विवरण बारे जानकारी गराएका थिए।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारी, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष रमेश मिश्रा, समाजसेवीहरु दयानिधि लम्साल, टंक प्रसाद शर्मा, बाबुराम भण्डारी लगायतको उपस्थिति रहेको थियो।

२० बर्ष अघि सागर टोलमा चन्द्रघन्टा मन्दिर स्थापना गरिएको थियो। मन्दिर स्थापना भए पछि कम्तीमा एक पटक महायज्ञ लगाउनु पर्ने चलन छ।

प्रकाशित मिति : ८ चैत्र २०७९ बुधबार ००:००  ६ : ३५ बजे