१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नव गायक शिव खनालले जिते लोक दोहोरी अवार्ड



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका लोक तथा दोहोरी गायक शिव खनालले लोक तथा दोहोरी अवार्ड जितेका छन् ।

दोस्रो विशाल लुम्बिनी अवार्ड गायक खनालले जितेका हुन् ।

२०७९ सालको सर्वोत्कृष्ट मौलिक गीत मार्फत नव गायकको बिधाबाट उनलाई अवार्ड दिइएको हो ।

खनालले सालैजो गीत ‘दिलमा बस्यो कलेजी खायो’ मा आवाज भरेका छन् । नव गायकको रुपमा अवार्ड हात पार्न सफल उनले यो अवार्डले आगामी दिनको गायन यात्रामा थप हौसला मिलेको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७९ बुधबार ००:००  ७ : ४८ बजे