१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालले लाओसलाई २–० गोलले हरायो



काठमाडौं ।
प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई हराएको छ । बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको हो ।

खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा अर्काे गोल थप्यो । नेपालका लागि अनन्त तामाङले खेलको ३० औँ र नवयुग श्रेष्ठले खेलको ५५ औँ मिनेटमा गोल गरे ।

बुधवारदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।

विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९ बिहिबार ००:००  ६ : १६ बजे