१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ तिलोत्तमा गोल्ड कपको फाइनलमा



काठमाडौं ।
मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।

बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।

मनाङले अब उपाधिका लागि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । बुधवार थ्री स्टार क्लबलाई १–० गोलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

तिलोत्तमा गोल्ड कपको उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ६ : १६ बजे