१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा छोरीले गरे बुवाको काजकिरिया



मायादेवी अनलाइन, बुद्धभूमि ।
छोरीहरुले पनि छोरा सरह जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न सक्ने उदाहरण बनेका छन्, कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ जोतपुरका दुईजना दिदी बहिनी सुरक्षा र प्रतिक्षा भुसाल ।

विविएमा अध्ययनरत दुवै दिदी, बहिनी गत फागनु २७ गते आफ्ना बुवा ४४ बर्षीय चुरामणी भुसालको निधन भएपछि छोरा सरह हिन्दु परम्परा अनुसार काजकिरियामा बसेका छन् ।

समाजमा छोराछोरी बीचको विभेदलाई अन्त्य गदैं समाज रुपान्तरणका लागि आफूहरुले बुवाको निधनपछि काजकिरियामा बसेको उनीहरु बताउँछन् ।

जसले गर्दा विस्तारै नेपाली समाजमा पनि लैंगिक विभेद अन्त्य हुने स्थानीय बासिन्दा बताउँछन् ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ६ : ३२ बजे