७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१० दलीय गठबन्धन भत्काउन एमाले लाग्दैनः महासचिव पोखरेल



दाङ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा देशमा अस्थिरता देखिएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले आज बिहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले देशमा स्थिरताका लागि पनि तत्काल १० दलीय सत्ता गठबन्धन भत्काउन एमाले नलाग्ने जिकिर गर्नुभयो । १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र नागरिकका पक्षमा काम गरेमा हामी साथ दिन्छौँ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउने सोच राख्दैनौँ ।’

सरकारले देश र नागरिकभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधि गरेमा एमालेले सधै विरोध गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र नागरिकका सरोकारका विषयमा खबरदारी गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ६ : ३५ बजे