१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आयरल्यान्डमाथि बङ्लादेशको ऐतिहासिक जित



एजेन्सी ।
घरेलु टोली बङ्लादेशले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आयरल्यान्डलाई १० विकेटले हराउँदै ऐतिहासिक जित निकालेको छ ।

तीन खेलको शृङ्खला बङ्लादेशले २–० ले जितेको हो । जितको लागि १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको बङ्लादेशले १३ ओभर १ बलमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । बङ्लादेशका लिटन दास ५० रनमा र कप्तान तमिम इकबाल ४१ रनमा अविजित रहे ।

योसँगै बङ्लादेशले टेस्ट, टी–२० र एकदिवसीय कुनै पनि अन्तर्राष्ट्रिय खेलमा १० विकेटको जित हात पारेको पहिलो पटक हो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड २८ ओभर १ बलमा १ सय १ रनमा अलआउट भएको थियो ।

आयरल्यान्डका कर्टिस क्याम्फरले सर्वाधिक ३६ रन बनाए । लोर्कान टकरले २८ रन जोडे । आयरल्यान्डका ९ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बङ्लादेशका हसन मोहम्मदले सर्वाधिक ५ विकेट लिए । तस्किन अहमदले ३ र एबादोत हसनले दुई विकेट लिए ।

पहिलो खेलमा बङ्लादेश १ सय ८३ रनले विजयी भएको थियो भने दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो । बङ्लादेश र आयरल्यान्डबीच अब तीन टी–२० र एक टेस्ट खेल हुनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ७ : १९ बजे