३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

यस्ता छन् बसाइँ सर्नुका १० कारण



काठमाडौं ।
कुल जनसंख्याको ३२ प्रतिशत मानिस बसाइँ सरेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार ९३ लाख ४१ हजार ४०८ जना बसाइँ सरेर अर्को ठाउँमा बसोबास गरेको पाइएको छ। यो कुल जनसंख्याको ३२ प्रतिशत हो।

पछिल्लो पटक बसाइँ सरी आएको स्थान हाल बसोबास गरिरहेको स्थान भन्दा फरक गाउँपालिकारनगरपालिका, जिल्ला वा विदेश बताउने व्यक्तिहरू उक्त स्थानबाट हालको स्थानमा आउनुको मुख्य कारणमा विवाह देखिएको छ।

३५ लाख ६७ हजार ९२१ जना विवाहको कारण बसाइ सरेको देखिएको छ। यो कारणले बसाइ सर्नेमा पुरुष ४३ हजार ९६३ जान र महिला ३५ लाख २३ हजार ९५८ जना रहेका छन्।

कामका कारण पनि बसाई सर्नेको संख्या बढी रहेको छ। कामको खोजिमा बसाइँ सर्नेको संख्या ३० प्रतिशत रहेको छ।

यस्ता छन् बसाइँ सर्नुका १० कारण

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ३ : ३९ बजे