१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा उठ्ने तयारीमा उमानाथ पौडेल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आगामी अधिवेशनमा केन्द्रीय कार्यकारिणी सदस्य पदमा उठ्ने बताएका छन् ।

यही चैत्र २८ र २९ गते काठमाण्डौँमा हुन लागेको महासंघको ५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा लुम्बिनी प्रदेशबाट आफूले उम्मेदवारी दिने पौडेलले बताए । यस विषयमा कपिलवस्तु उद्योग वाणिज्य संघ एक जुट छ ।

यसअघि पनि महासंघको बिभिन्न जिम्मेवार पदमा रही काम गरेका पौडेल दुई दशक बढी नीजि क्षेत्रको विकासका मुद्धामा काम गरिरहेका छन् । पौडेलको केन्द्रसम्मै राम्रो पहुँच छ । केन्द्रमा उनलाई राम्रो छवि बनाएका उद्योगी नेताका रुपमा लिइन्छ । यसअघि भएको महासंघको चुनावमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । आफ्नो नेतृत्वमा उनले कपिलवस्तु उद्योग वाणिज्य संघको सुविधासम्पन्न भवन निर्माण गरेर केन्द्रसममै चर्चा कमाएका थिए । उनी निडर र खरो व्यवसायीका रुपमा चिनिन्छन् ।

साना उद्योगी व्यवसायीका पीर र समस्यालाई आगामी चुनावका मुद्धा बनाउने पौडेलले बताए । अहिलेको नेतृत्वमा रहेका जिम्मेवार ब्यक्तिले जिल्ला नगरका समस्या समाधान गर्न नसकेको भन्दै ती मुद्धामा हस्तक्षेपकारी भूमिका खेल्ने भन्दै सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य संघ पनि पौडेललाई जिताउने अभियानमा लागि सकेको छ । संघको टोलीले अब लुम्बिनी प्रदेशका सबै ठाउँमा पुगेर प्रचार प्रसार गर्ने पौडेलले बताए । चुनावमा प्रदेशबाट सबैले सहयोग गर्ने उनले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७९ शुक्रबार ००:००  ८ : ०६ बजे