१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगङ्गा नगर डोरीतान सङ्घको अध्यक्षमा भुसाल



मायादेवी अनलाइन, बाणगंगा ।
हिमलाल भुसालको अध्यक्षतामा बाणगङ्गा नगर डोरीतान सङ्घ गठन भएको छ ।

डोरीतान सङ्घको शुक्रबार सम्पन्न प्रथम नगर अधिवेशनले भुसालको अध्यक्षतामा सङ्घको गठन गरिएको हो । ९ सदस्यीय संघको उपाध्यक्षमा डिला शर्मा, सचिवमा बेदराज आचार्य, कोषाध्यक्षमा विद्या शर्मा चयन भएका क्लवका सदस्य मिलन चालिसेले जानकारी दिए ।

उनका अनुसार सदस्यमा आफूसहित सुन्दर घिमिरे, सुनिता सेन, कमल पौडेल र अम्बिका भट्टराई चयन भएका छन् । संघले अब नगरस्तरीय डोरीतान लगायतका काम गर्ने अध्यक्ष भुसालले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ६ : ०४ बजे