१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाणगंगा ७ मा आजदेखि वडास्तरिय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगिता



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ७ मा शनिबार (आज) देखि वडा स्तरिय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

वडास्तरीय बाल सञ्जालको आयोजना तथा वडा नम्बर ७ को सह–आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगिता शनिवार देखि सोमवारसम्म चल्ने बालसञ्जालका अध्यक्ष अमृत गिरीले बताए ।

अहिले देशले क्रिकेटमा राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै युवा पुस्तालाई खेलसगँ जोडेर वडालाई खेलको क्षेत्रमा माथि उठाउनको लागि क्रिकेट प्रतियोगिता आयोजना गरिएको गिरीले जनाए ।

शनिबारदेखि सुरु हुन लागेको खेलमा वडाका विभिन्न ६ टिमको सहभागिता हुने जनाइएको छ । प्रतियोगितामा टिम दर्ता निःशुल्क रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १० हजार, दोस्रो हुनेले रु. ५ हजारसङ्गै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ६ : १२ बजे