१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

राष्ट्रिय जनगणनाः कपिलवस्तुको जनसंख्या ६ लाख ८२ हजार ९६१



कपिलवस्तु ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कपिलवस्तु जिल्लाको जनसंख्यामा समेत त्यसको असर देखिएको छ । पछिल्लो दश वर्षमा कपिलवस्तु जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर १ दशमलव ७ प्रतिशत रहेको छ ।

नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजामा कपिलवस्तुको कुल जनसंख्या ६ लाख ८२ हजार ९६१ रहेको छ । जस्मा महिलाको संख्या ३ लाख ४८ हजार २७४ र पुरुष ३ लाख ३४ हजार ६८७ जना रहेका छन् ।

कपिलवस्तुमा पुरुषको तुलनामा महिलाको संख्या बढी भएको छ । पुरुष भन्दा महिला १३ हजार ५८७ बढी रहेको तथ्यांकमा उल्लेख छ ।

बिगतको जनसंख्या भन्दा जिल्लाको अहिलेको जनसंख्या १ लाख ११ हजार २५ ले बढेको छ । २०६८ मा कपिलवस्तुको जनसंख्या ५ लाख ७१ हजार ९३६ रहेको थियो ।

यसैगरी कपिलवस्तुको जनघनत्व ३९३ छ भने जिल्लामा परिवार संख्या एक लाख २१ हजार ९४६ छ । औषत परिवारको आकार ५ दशमलव ६ रहेको छ । लैंगिक अनुपात जिल्लाको ९६ दशमलव १० प्रतिशत छ । यस्तै उमेरका आधारमा समेत जिल्लाको जनसंख्या निर्धारित गरिएको छ ।

जन्मेदेखि ४ बर्षसम्मका उमेर समूहका ६८ हजार ६२७ जना, ५ बर्षदेखि ९ बर्ष उमेर समूहका ७६ हजार ५६ जना, १० देखि १४ बर्ष उमेर समूहका ७७ हजार ८९५ जना, १५ देखि १९ बर्ष उमेर समूहका ७५ हजार ८८० जना, २० देखि २४ बर्ष उमेर समूहका ६३ हजार ९९५ जना, २५ देखि २९ बर्ष उमेर समूहका ५५ हजार ७०३ जना, ३० देखि ३४ बर्ष उमेर समूहका ४७ हजार १३६ जना, ३५ देखि ३९ बर्ष उमेर समूहका ४५ हजार ३५ जना जनसंख्या रहेका छन् ।

यसैगरि, ४० देखि ४४ बर्ष उमेर समूहका ३६ हजार ४५३ जना, ४५ देखि ४९ बर्ष उमेर समूहका २८ हजार १३८ जना, ५० देखि ५४ बर्षका २६ हजार ५५१ जना, ५५ देखि ५९ बर्षका २१ हजार ३७ जना, ६० देखि ६४ बर्षका १८ हजार १०९ जना, ६५ देखि ६९ बर्षका १७ हजार १३५ जना, ७० देखि ७४ बर्षका १३ हजार ७७२ जना, ७५ देखि ७९ बर्षका ६ हजार ७१२ जना, ८० देखि ८४ बर्षका २ हजार ६८९ जना, ८५ देखि ८९ बर्षका ११ सय ४२ जना, ९० देखि ९४ बर्षका ४८७ जना र ९५ बर्ष वा सो भन्दा माथि उमेर समूहका ४०९ जना रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९ आइतबार ००:००  ६ : ११ बजे