१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा व्यापारी माथि गोली हानेर १७ लाख बढी लुटपाट



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको मायादेवीमा गोली प्रहार गरी १७ लाख बढी लुटपाट गरिएको छ । चाकडचौडा सडक अन्तर्गत बिजुवा पुल नजिकै किराना पसल गर्दै आएका एक व्यापारीलाई लुटपाट गरिएको हो । अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी एक किनारा व्यापारीको १७ लाख बढी लुटपाट गरी फरार भएका छन ।

मायादेवी गाउँपालिका– १ पकडीका किनारा व्यापारी रमेश अग्रहरीले चाकडचौडास्थित आफ्नो राजीव किनारा एन्ड जनरल स्टोर्सबाट गाडीमा फर्कने क्रममा ४ वटा मोटरसाइलमा आएका अपराधिक समूहले गोली प्रहार गरी १७ लाख बढी रकम लुटेर लगेका हुन् ।

बिहीवार राति ८ बजेतिर लु ३ ख ६३१ नम्बरको फोर्स गाडीबाट फर्कनेक्रममा बिजुवा पुल नजिकै २ वटा गोली प्रहार भएको व्यापारी अग्रहरीले बताए । गोली गाडीको बम्परमा लागेको थियो । अपराधिक समूहले गोली प्रहार गरी गाडी रोकाएका थिए । ४ वटा मोटरसाइकल मध्ये दुई वटामा दुई दुई जना र दुई वटा मोटरसाइकलमा एक एक जना सवार थिए।

अपराधिक समूह घटना पछि भारत तर्फ लागेका थिए । घटनाबारे जानकारी गराए पछि प्रहरी उपरिक्षक प्रेम बस्नेत र सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी लगायतको टोली घटनास्थल पुगको थियो ।

सुरक्षाकर्मीको टोलीले घटनास्थलको निरीक्षण समेत गरेको थियो । प्रहरी उपरिक्षक बस्नेतलले लुटेराहरुको खोजी र सो रकमसहित घटनाको अनुसन्धान गरिरहेको बताए । घटना कै बिषयमा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शिव क्षेत्रीको अगुवाइमा अनुसन्धान टोली समेत गठन गरिएको छ । गाडी चालकलाई समेत नियन्त्रणमा लिई सोधपुछ गरिएको छ ।

ढेड महिना अघि समेत चाकडचौडामा एक व्यापारीमाथी गोली प्रहार भएको थियो । पटक पटकको घटनाले चाकडचौडा क्षेत्र असुरक्षित बनेको त्यस क्षेत्रका व्यापारीहरु बताउँछन । उनीहरुले सुरक्षास्थिति बजबुदत बनाई अपराधिक समूहलाई तत्कालै पक्राउ गर्न समेत माग गरे । प्रहरी उपरिक्षक बस्नेतले सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा गरिएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ६ : २१ बजे