७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लायन्स क्लव अफ कपिलवस्तुमा नयाँ नेतृत्व, ओमप्रकाश घिमिरे बने अध्यक्ष



मायादेवी अनलाइन, बाणगंगा ।
ओमप्रकाश घिमिरे लायन्स क्लव अफ कपिलवस्तु २०२३–२४ का लागि अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।

क्लबको ७ औँ अधिवेशनबाट २०२२–२३ का प्रथम उपाध्यक्ष समेत रहेका घिमिरे २०२३–२४ का लागि अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।

त्यस्तै नवदत्त घिमिरे प्रथम उपाध्यक्ष, नारायण पौडेल, सुमन क्षेत्री, सागर घिमिरे र विश्वराज खनाल उपाध्यक्ष्यमा चयन भएका छन् । त्यस्तै राम प्रसाद भूसाल सचिव, गिरीराज कंडेल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

लायन्स क्लव अफ कपिलवस्तुको स्थापना काल देखि विभिन्न पदमा रही काम गर्दै आएका घिमिरे एक कुशल शिक्षाप्रेमी समेत हुन् ।

घिमिरे बाणगंगामा रहेको बाल माध्यमिक विद्यालय बैरिया तथा बाणगंगा बहुमुखी क्याम्पस लौगाइमा कार्यरत रहेका छन।

प्रकाशित मिति : ११ चैत्र २०७९ शनिबार ००:००  ६ : ५० बजे