१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

विश्वकपपछिको पहिलो खेलमा मोरक्कोसँग ब्राजिल स्तब्ध



काठमाडौं ।
ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ।

विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले पराजित भएको हो।

मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक-एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए।

खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै मोरक्कोलाई सुरूआती अग्रता दिलाएका थिए।

पहिलो हाफसम्म १-० गोल अन्तरले पछि परेको ब्राजिलका लागि खेलको ६७ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

तर खेलको ७९ औं मिनेटमा अब्देलहामिद सबिरीले गोल गर्दै मोरक्कोलाई पुनः अग्रता दिलाए। उक्त अग्रता जोगाएको मोरक्कोले ब्राजिलमाथि रोमाञ्चक जित निकाल्यो।

हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो। अब अर्को मैत्रीपूर्ण खेलमा मोरक्कोले पेरुसँग खेल्दै छ।

प्रकाशित मिति : १२ चैत्र २०७९ आइतबार ००:००  ७ : ५९ बजे