१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित



काठमाडौं ।
अफगानिस्तानले पाकिस्तानविरूद्धको सिरिज एक खेल अगावै जितेको छ।

शुक्रबार क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको अफगानिस्तानले आइतबार दोस्रो खेलमा ७ विकेटले हराउँदै ३ खेलको सिरिज २-० ले जितेर इतिहास रचेको छ।

शारजहामा भएको दोस्रो टी-२० अन्तर्राष्ट्रियमा पाकिस्तानले दिएको १३१ रनको मध्यम लक्ष्य अफगानिस्तानले अन्तिम बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

उसका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक ४४ रन बनाए। यस्तै इब्राहिम जद्रानले ३८ रन बनाउँदा नाजिबउल्लाह जद्रानले १२ बलमा २३ रन तथा मोमम्मद नाबीले ९ बलमा १४ रन बनाए। उसमान घानीले ७ रन जोडे।

पाकिस्तानका लागि जमान खान र इहसानुल्लाहले १-१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो। उसका लागि इमाद वासिमले सर्वाधिक ६४ रन बनाए। सादव खानले ३२ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

अफागानिस्तानका लागि फजलहक फारुकीले २ तथा नविन उलहक, रासिद खान र करम जननतले १-१ विकेट लिए। यो सँगै अफगानिस्तानले पाकिस्तानमाथि ऐतिहासिक जित निकालेको हो। पहिलो खेलमा ६ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा ७ विकेटको जित निकालेको हो।

पाकिस्तानविरुद्ध कुनै पनि खेलमा अफगानिस्तानले जित निकालेको यो पहिलो पटक हो।

पाकिस्तानले बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, फखार जमान शाहिन शाह अफ्रिदी, हरिस रौफ लगायत आफ्ना प्रमुख खेलाडीलाई यस सिरिजमा विश्राम दिएको छ। नयाँ खेलाडीलाई मौका दिएको थियो।

प्रकाशित मिति : १३ चैत्र २०७९ सोमबार ००:००  ६ : ३२ बजे