१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भारतीय क्रिकेटरको तलब वार्षिक ७ करोड भारुसम्म



काठमाडौं ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०२२/२३ का लागि पुरुष खेलाडीहरूको वार्षिक सम्झौता सार्वजनिक गरेको छ । सम्झौतामा कुन खेलाडी कुन ग्रेडमा हुने र कसले कति पैसा पाउने भन्ने कुरा उल्लेख छ । बीसीसीआईले गरेको सम्झौता अक्टोबर २०२२ र सेप्टेम्बर २०२३ सम्मको समयका लागि हो ।

सम्झौताअनुसार ’ए प्लस’ श्रेणीका खेलाडीलाई वार्षिक ७ करोड, ’ए’ श्रेणीका खेलाडीलाई ५ करोड, ’बी’ श्रेणीका खेलाडीलाई ३ करोड र ’सी’ श्रेणीका खेलाडीलाई १ करोड भारु दिइने छ । ’ए’ प्लस ग्रेडमा रहेका रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रवीन्द्र जडेजाले वार्षिक ७ करोड भारु पाउँछन् ।

’ए’ ग्रेडमा रहेका हार्दिक पान्ड्या, रवीचन्द्रन अश्विन, मोहम्मद शामी, ऋषभ पन्त र अक्षर पटेलले ५ करोड भारु तलब पाउनेछन् । यस्तै ’बी’ ग्रेडमा रहेका चेतेश्वर पुजारा, केएल राहुल, श्रेयस अय्यर, मोहम्मद सिराज, सूर्यकुमार यादव र शुभमन गिलले ३ करोड भारु तलब पाउँछन् ।

’सी’ ग्रेडमा रहेका उमेश यादव, शिखर धवन, शार्दुल ठाकुर, इशान किसन, दीपक हुडा, यजुवेन्द्र चहल, कुलदीप यादव, वाशिङ्टन सुन्दर, सन्जु सामसन, अर्शदीप सिंह र केएस भरतले वार्षिक १ करोड भारु तलब पाउनेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९ मंगलबार ००:००  ६ : ०५ बजे