१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा



काठमाडौं ।
नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको लिग चरणको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

पहिलो हाफमा १–० गोलले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल १–१ को बराबरीमा ल्याएको हो । नेपालका लागि दीपकराजसिंह ठकुरीले खेलको अन्तिम समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाए । भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिन नोर्बुले गोल गरे ।

योसँगै नेपालले भुटानसँगको खेलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि भएका सबै १२ खेल नेपालले जितेको थियो ।

अब नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ । नेपाल ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र लाओस ३ अङ्कसहित दोस्रो भयो । १ अङ्क जोडेको भुटान समूह चरणबाट बाहिरियो ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९ बुधबार ००:००  ६ : ०४ बजे