२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा पौडेल चयन



मायादेवी अनलाइन, बाणगंगा ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा रविन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् ।

संघको मंगलबार भएको प्रथम साधारणसभा तथा अधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल संघ स्थापना पछिको संस्थापक अध्यक्ष थिए ।

संघको बरिष्ठ उपाध्यक्षमा झिमनारायण सापकोटा र महिला उपाध्यक्षमा सावित्री वली, उपाध्यक्ष (पर्यटन) तर्फ यादव चुँदाली, उपाध्यक्ष (होटल) तर्फ प्रविण आचार्य, महा-सचिवमा रोमलाल पौडेल, सचिवमा महादेव न्यौपाने, कोषाध्यक्षमा सरोजमणी पौडेल र सह–कोषाध्यक्षमा सुनिल गैरे रहेका छन् ।

यस्तै, सदस्यहरुमा नवराज पौडेल, शोभाखर पराजुली, दिपक बहादुर सुनार, रामचन्द्र केसी, गणेश कुमार जिसी, चिरञ्जीवी थापा, ज्ञानहरि न्यौपाने, त्रिवेणी थारु, दिपक आचार्य र पुरुषोत्तम घिमिरे चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पौडेलले जिल्लाका सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरुको बृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कपिलवस्तुको पर्यटन प्रवद्र्धनका लागि हरतवर रुपले योजनाबद्ध रुपमा कार्य गर्ने उनले बताए ।

निर्वाचन समितिका संयोजक इश्वरराज न्यौपाने र समितिका सदस्यद्वय सुभाष टण्डन र हरि घिमिरेले संघका पदाधिकारीहरुको निर्वाचन प्रक्रियाका बारेमा व्यवस्थापन गरेका थिए । निर्वाचित १९ सदस्यीय पदाधिकारीलाई संयोजक न्यौपानेले सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९ बुधबार ००:००  ६ : ३३ बजे