१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘कृषि खान्न’ भनेपछि वेदुरामलाई शिक्षा, ज्वाला पूर्वाधारमन्त्री



काठमाडौं ।
गठबन्धन सरकारमा नेकपा एकीकृत समाजवादीले शिक्षा विज्ञान तथा प्रविधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने भएको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएको छ । स्रोतका अनुसार गठबन्धनमा भुसाललाई कृषि मन्त्रालय दिने तयारी भइरहेको थियो । तर भुसालले कृषि दिए शपथमै नजाने अडान लिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाउनु हुने भएको हो ।

एकीकृत समाजवादीले भुसाललाई मन्त्री बनाउने शर्तमा महासचिवबाट उपाध्यक्षमा स्थानन्तरण गरेको थियो । वेदुराम एकीकृत समाजवादीको स्थापनादेखि महासचिव हुनुहुन्थ्यो । प्रभावकारी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेपछि उहाँलाई महासचिव बनाएर वेदुरामलाई उपाध्यक्षमा सारिएको हो ।

महासचिवबाट उपाध्यक्षमा सार्दा पार्टी नेतृत्वले मन्त्री बनाउने आश्वासन दिएपछि वेदुरामले शुरुदेखि नै शिक्षाको चाहना गर्दै आउनु भएको थियो । नेकपा एमाले हुँदादेखि नै स्कुल विभाग समालिसक्नुभएका वेदुरामलाई गठबन्धनले कृषि मन्त्रालय टुक्राउन खोजेपछि अलि असन्तुष्ट देखिनु भएको थियो । अब शिक्षा पाएपछि भने उहाँ प्रफुल्ल हुनुभएको स्रोतको भनाई छ ।

एकीकृत समाजवादीका उमहासचिव प्रकाशज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने तयारी भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अहिले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समालिरहनु भएको छ । गठबन्धनको सहमति अनुसार श्रेष्ठलाई गृह मन्त्रालयमा सारेर ज्वालालाई भौतिक मन्त्री बनाउन लागिएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०७९ शुक्रबार ००:००  ६ : ४१ बजे