६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मिसन ग्रासरुटले जनतामा उत्साह थप्यो : नेता ढकाल



कपिलवस्तु ।
नेकपा एमालेको २ महिने मिसन ग्रासरुट अभियान गाउँ गाउँ सम्म पुगेको छ । पार्टी सुदृढीकरण र विस्तारका लागि कपिलवस्तुका गाउँ वस्तीमा अभियान अन्तरगत विभिन्न कार्यक्रम भएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य भुमिश्वर ढकालले मुलुकभर चलेको २ महिने मिसन ग्रासरुटले जनतामा उत्साह आएको बताउनु भएको छ । अभियानका क्रममा कपिलवस्तुको जिम्मेवारीमा आउनु भएका नेता ढकालले यस्तो बताउनु भएको हो ।

विशेषगरी जिल्लाको कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका र यशोधरा गाउँपालिकाको जिम्मेवारी पाउनु भएका नेता ढकालले गाउँ बस्तीमा जनता उत्साहित देखिएको बताउनुभयो । आगामी निर्वाचनमा जसरी पनि एमालेले बहुमत पाउनु पर्छ भन्दै कार्यकर्ता लागेको समेत बताउनुभयो ।

अस्थीर सरकारले जनतामा निराशा छाइरहेको र मुलुकभर आर्थिक संंकट परिरहेको बेला राष्ट्रको समृद्धिका लागि एमाले एक ढिक्का भएर अघि बढ्नुपर्ने सुझाव दिएको समेत ढकालले बताउनुभयो । तल्लो स्तरमा कार्यकर्तामा कुनै तिक्तता नरहेको नेतृत्व तहमै समस्या रहेको भन्दै ती समस्यालाई निराकरण गर्न जनताले अनुरोध गरेको समेत नेता ढकालले जनाउनुभयो ।

आफूले पाएको जिम्मेवारीमा पालिकास्तरका भेला, टोल स्तरका भेला, कमिटी निर्माण, प्रशिक्षण जस्ता कामहरु दु्रत गतिमा अघि बढेको समेत जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०७९ बुधबार ००:००  १ : ४२ बजे