१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कृषि मन्त्री बेदुराम भुसाललाई बधाई दिन मन्त्रालय पुगे धरानका मेयर हर्क सम्पाङ



काठमाडौं ।
कृषि तथा पशुपंछी विकासमन्त्री बेदुराम भुसाल र धरान उप-महानगरपालिकाका नगर प्रमुख हर्क सम्पाङ बीच भेटघाट भएको छ ।

मन्त्री भुसाललाई बधाई नगर प्रमुख सम्पाङ उहाँकै कार्यकक्षमा पुग्नुभएको हो ।

भेटघाटको क्रममा नगर प्रमुख सम्पाङले धरान उप-महानगरपालिकालाई कृषि हव बनाउन चाहेको बताउनुभएको थियो ।

सिंगो धरानलाई कृषिकै नमुना क्षेत्र बनाउने गरी अगाडी बढेको भन्दै मन्त्री भुसाल समक्ष आवश्यक सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

नगर भित्र रहेका सार्वजनिक जग्गामा फलफूल र तरकारी खेती गर्ने गरी उहाँले मन्त्री समक्ष आफ्ना योजना सुनाउनुभएको थियो ।

मन्त्री भुसालले आफ्नो मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आफू केही गर्ने सोचका साथ मन्त्रालयको जिम्मेवारीमा आएको भन्दै सबैसंग मिलेरै अगाडी बढ्न चाहेको मन्त्री भुसालले बताउनुभयो ।

धरानले कृषि क्षेत्रमा बनाएको योजनामा मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्रीले प्रतिवद्धता व्यक्त गरेको उहाँका प्रमुख स्वकिय सचिव सुशील भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ६ : २८ बजे