१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल भियतनामसँग ५–१ गोलले पराजित



काठमाडौं ।
पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो ।

नेपालका लागि सावित्रा भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयऔँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिवार हुँदैछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ६ : ५२ बजे