१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आईपीएल क्रिकेटमा पन्जाबको लगातार दोस्रो जित



एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति गुवाहाटीमा भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ५ रनले हरायो ।

पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो । उसका कप्तान सन्जु स्यामसनले ४२ तथा सिम्रोन हेटमायरले ३६ रन बनाए । पन्जाबका नाथन एलिसले ४ तथा अर्शदिप सिँहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । पन्जाबका कप्तान शिखर धवन सर्वाधिक ८६ रनमा अविजित रहे । त्यस्तै प्रभसिमरन सिंह ६० रनमा आउट भए । सिंहको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक हो ।

राजस्थानका जेसन होल्डरले २ विकेट लिए । रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक/एक विकेट लिए । पन्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलमा समान ४ अंक नै रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९ बिहिबार ००:००  ७ : ०२ बजे